arin enterprises

प्रधानमन्त्री दाहाल भारत जाँदै

SamacharDesk | २०८१ जेठ २७, आइतबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल त्यसतर्पm प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् । उहाँहरुबीच आजै शपथ ग्रहण कार्यक्रमपश्चात भेटवार्ता हुने कार्यक्रम तय भएको जनाइएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री दाहालका साथ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतम रहनुहुनेछ ।

दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।

Categorized in राष्ट्रिय