सम्झना आउछ तिमिसँग भएको............
SamacharDesk – गोबिन्द राज ओझा, दिपायल सिलगढी–२ डोटी | २०७९ बैशाख ११, आइतबार

सम्झना आउछ तिमिसँग भएको पहिलो दिनको भेटको
तिमि सँग कुराकानि भएको त्यो रमाईलो क्षणको
भेटन हामिले गर्थ्यौ गाउँ भन्दा तलको त्यो चौतारामा
आफ्नो भन्नु तिमि नै छौ त्यसैले त डेरा गर्यौ मेरो दिलमा
तिमिले दियौ साथ जिन्दगिका पलपलमा
सयौ जुनि सँगै बाच्ने कसम खायौ हामिले मन्दिरमा
सधै तिमि मेरो सामु भइदिए हुन्थ्यो जस्तो लाग्छ किन
तिमि नै मेरो म नै तिम्रो यहि नै चाहना मेरो प्रश्न गर्छौ किन
तिमि सँग टाढा भएर बस्न कहिले नपरोस
तिम्रो याद आउदा तिमि सँग भेट गर्न पाईयोस
तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ
तिम्रो यादमा मलाई दुई शब्द लेख्न मन लाग्छ
मलाई जस्तो तिमिलाई पनि भेटन मन लाग्यो होला
पहिलो भेट भएको समय तिमिलाई याद आउला
Categorized in पेजथ्री