arin enterprises

पोग्बाको विश्वकप मेडल चोरी

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ९, बुधबार

फ्रान्स र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाको विश्वकप च्याम्पियन हुँदा प्राप्त मेडल चोरी भएको छ ।

पोग्बाको सन् २०१८ मा रूसमा भएको विश्वकपमा विजेता बन्दा पाएको मेडल चोरी भएको हो ।

मार्च १५ मा घरमा उनका छोराछोरी सुतिरहेका बेला तोडफोड गरि मेडल सहित अरु समानहरु पनि चोरी भएको पोग्बाले बताए ।

यो घटना च्याम्पियन्स लिग अन्तर्गत एट्लेटिको मड्रिडविरुद्धको खेलका लागि गएको बेला घर चोरी भएको थियो ।

  सन् २०१८ मा रूसमा भएको विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई हराउँदै विश्वकप विजेता बनेका थिए ।

Categorized in स्पाेर्ट्स