पोर्चुगल विश्वकपमा छनौट
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र १६, बुधबार

पोर्चुगल कतार विश्वकप २०२२मा छनौट भएको छ ।
मंगलबार राति भएको यूईएफए छनोट अन्तर्गत प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल विश्वकपमा छनौट भएको हो ।
पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ३२ औं र ६५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाए ।
पोर्चुगल यो सहित लगातार छैटौं पटक विश्वकपमा छनौट भएको हो ।
Categorized in स्पाेर्ट्स