रोनाल्डोको गोलमा पोर्चुगलको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ६, बुधबार

युरोकप छनोटमा पोर्चुगलले जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १–० गोल अन्तरले हराएको हो ।
पोर्चुगलको जिताउन क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । उनले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरे ।
३८ वर्षीय रोनाल्डोको यो १२३ औं अन्तराष्ट्रिय गोल हो ।
यस्तै ८० औं मिनेटमा विलियम विलिमसनले रातो कार्ड पाएपछि आइसल्याण्ड १० खेलाडीमा समेटिएको थियो ।
आइसल्याण्डविरुद्धको खेलसँगै रोनाल्डोले पोर्चुगलका लागि २०० अन्तराष्ट्रिय खेल समेत पूरा गरेका छन् ।
यो जितपछि पोर्चुगलले ४ खेलमा १२ अंक जोड्डै समूह ‘जे’ को शीर्ष स्थानमा रहेको छ ।
आइसल्याण्ड ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स