बोस्निया एण्ड हर्जगोभिना माथि पोर्चुगलको सहज जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ३, आइतबार

युरोकप छनोटमा पोर्चुगलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले बोस्निया एण्ड हर्जगोभिनालाई ३–० गोल अन्तरले हराएको हो ।
पोर्चुगलस्थित स्टेडियो दो स्पोर्ट लिस्बोआ इ बेनफिकामा भएको खेलको ४४ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
७७ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।
फर्नान्डेजए खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–०ले अघि रह्यो ।
यो खेलसँगै कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि १९९ औं खेल पूरा गरेका छन् ।
यो जितपछि पोर्चुगलले ३ खेलमा ९ अंक जोड्डै समूह ’जे’ को शीर्ष स्थानमा रहेको छ ।
यस्तै बोस्निया ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स