प्रवेशको नयाँ गीत ‘आउ तिमि’ सार्वजनिक
SamacharDesk – बिराज | २०७८ श्रावण २०, बुधबार

प्रवेश कुमार श्रेष्ठ, यो नाम अहिलेका संगीतप्रेमी युवाहरु माझ निकै चर्चित छ । सुमधुर स्वरका धनी प्रवेशका गीतहरु अहिले युवा पुस्तामाझ अझ विशेष गरी टिनएज ग्रुपमा निकै लोकप्रिय छन् ।
प्रवेशले आफ्नो युट्युब च्यानलमा प्राय गीतार एउटा बजाउँदै अन्य कलाकारका गीतहरु कभर गर्दै शेयर गर्ने गर्छन् । कैयन गीतहरुले त उनले कभर गरेपछि मात्र लोकप्रियता पाएको पनि छ ।
यसो भन्दैमा प्रवेशको आफ्नै ओरिजिनल गीतहरु पनि नभएको होइन । उनले ६ वटा जति ओरिजिनल गीतहरु पनि सार्वजनिक गरिसकेका छन् ।
यसै क्रममा आजै मात्र प्रवेशले आफ्नै नयाँ गीत सार्वजनिक गरेका छन् । प्रवेशको नयाँ गीत ‘आउ तिमि’ आज उनकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
आज साँझको ७ बजे प्रिमियर भएको गीतको लिरिकल भिडियोले साढे २ घण्टाभित्रमा साढे ९ हजारभन्दा बढि भ्यूज पाइसकेको छ ।
गीतको रचना र संगीतसमेत प्रवेशकै रहेको छ । स्टुडियोबाट उत्पादन भएको यो आफ्नो पहिलो गीत भएको प्रवेशले बताएका छन् ।
आज युट्युबमार्फत सार्वजनिक भएको यो गीतस्पटिफाइ, आइ ट्युन्स, अमेजन, टाइडल र वाइटि म्यूजिकबाट भने हिजै सार्वजनिक भइसकेको थियो ।
Categorized in पेजथ्री