arin enterprises

कथित मधेशका मसिहाबाट मधेशको मुक्ति असम्भव : प्रचण्ड

SamacharDesk – बिराज | २०७८ भाद्र १४, सोमबार

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कथित मधेशका मसिहाबाट मधेशी जनताको मुक्ति सम्भव नरहेको बताउनुभएको छ ।

सर्लाही समन्वय समिति काठमाडौंले सोमबार जोरपाटीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेसी जनताको अधिकारका निम्ति लडिराख्ने पार्टी माओवादी नै भएको दावी गर्नुभयो ।

‘माओवादीले मात्रै मधेशी जनतालाई मुक्ति दिलाउन सक्छ, दलालहरू मधेशको मसिहा बनेर लुट्न खोजेका छन् । उनीहरूबाट सावधान भएर बस्नुस्’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

प्रदेश २ माओवादीमय नभएसम्म मधेशी जनताले अधिकार पाउन नसक्ने उहाँले ठोकुवा थियो ।

केपी ओलीले परिवर्तनको विरोध गरेर संघीयता, लोकतन्त्र र संविधानलाई धरापमा पार्ने काम गरेको उहाँको भनाई थियो । प्रतिगामी र प्रतिक्रान्तिकारीहरू पछारिए पनि उनीहरू अझै चलमलाउने प्रयास भइरहेको शंका उहाँले पोख्नुभयो ।

‘प्रतिक्रान्तिकारीहरू पछारिएका छन् । केही दिनपछि एक नम्बर र बागमती प्रदेशमा पनि उनीहरू ढल्नेछन्,’ उहाँले भन्नुभयो ।

प्रचण्डले भोलि गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयलाई अन्तिम रूप दिइने जानकारी पनि दिनुभयो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082