arin enterprises

‘सर्वोच्चको फैसला ईतिहासकै महत्वपूर्ण परिघटना’

SamacharDesk – बिराज | २०७८ आषाढ २८, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ ।

एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्चको आजको फैसला नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको उहाँको भनाई रहेको छ ।

‘संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो, त्यसकारण म सर्वोच्चको यो फैसिलालाई स्वागत गर्दछु’ प्रचण्डको भनाई हो ।

उहाँले सर्वोच्च अदालत, प्रधानन्यायाधीश र अन्य न्यायाधीशहरुले संविधान र राष्ट्रको साथै न्यायालयको गरिमामयलाई पनि उँचो बनाएको उल्लेख गर्नुभयो ।

‘पटकपटकको संसद विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थिति थियो, त्यसकारण यो आम नेपाली जनताको जीतको रुपमा अगाडि आएको मैले देखेको छ’ अध्यक्ष प्रचण्डको भनाई हो ।

इतिहासले यसलाई सम्मान गरिराख्ने विचार उहाँले राख्नुभएको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082