नेपाल र चीनबीच १३ बुँदै सम्झौतामा हस्ताक्षर
SamacharDesk | २०८० आश्विन ८, सोमबार

नेपाल र चीनबीच १३ बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा दाहाल र ली को उपस्थितिमा बीआरआई अन्तर्गतका विभिन्न आयोजनाको कार्यान्वयन, ब्यापार, विद्यतु तथा सडक पूर्वाधार, कुषि, विकास आयोजना, सीमानाका ब्यवस्थापन तथा नेपालमा चिनियाँ सहयोगलगायतका विभिन्न सम्झौतामा हस्ताक्षर भएको हो दुई देशबीच भएका सम्झौतालाई संयुक्त वक्तब्य मार्फत सार्वजनिक गर्ने तयारी भईरहेको छ ।
द्विपक्षीय वार्ताको क्रममा चिनियाँ प्रधानमन्त्री ली छियाङ्ले चीन–नेपाल सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्री प्रचण्डको विशेष योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्ता फलदायी रहेको टिप्पणी गर्नुभयो ।
रणनीतिक साझेदारीको सहकार्यसहित नेपाल चीनसम्बन्धमा राष्ट्रपति सी को २०१९ मा भएको नेपाल भ्रमणदेखि नयाँ आयाम एवम् उचाइ थपिएको बताउनुहुँदै नेपालको विकासका लागि सहकार्य गर्न चीन सदैव तत्पर रहेको भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपाल अहिले सामाजिक एवम् आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य छिटो टुङ्गोमा पुर्याउन नेपालले काम गरिरहेको बताउनुभयो ।
यसअघि चिनियाँ प्रधानमन्त्री ली ले प्रधानमन्त्री दाहाललाई ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नुभएको थियो भने चिनियाँ सेनाको एउटा टुकडीले थियानमन स्क्वायरमा प्रधानमन्त्री दाहाललाई सलामी दिएको थियो ।
दुई पक्षीय वार्ता शुरु हुनुअघि चिनियाँ प्रधानमन्त्री लिले छोटो मन्तब्य दिंदै नेपाल–चीन सम्बन्धमा नयाँ उर्जा थपिएको महसुश भएको बताउनु भएको थियो ।
यसअघि प्रधानमन्त्री दाहालले आजै विहान चिनियाँ संसद जनकंग्रेसका अध्यक्ष चाओ लचिसंग पनि भेट गर्नुभएको थियो । बेइजिङस्थित ग्रेट हल अफ् द पिपुल्समै उहाँहरुबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री दाहाल आगामी बुधबार बेइजिङबाट तिब्बत जाने कार्यक्रम छ । गत शनिबार न्युयोर्कबाट चीनको हाङचउ पुग्नु भएका प्रधानमन्त्री दाहालले त्यही चिनियाँ राष्ट्रपति सी चिनफिङसंग भेट गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय