arin enterprises

आफ्ना मान्छेलाई छान्दा पार्टीलाई असर परेको छ : प्रकाशमान सिंह

SamacharDesk | २०७८ चैत्र २, बुधबार

सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सर्वसम्मत ढंगले स्थानीय तह निर्वाचनको उम्मेदवार चयन गर्न पार्टी नेतृत्वसँग माग गर्नु भएको छ । 

नेता सिंहले स्थानीय तह निर्वाचनको उम्मेदवार चयनमा सर्वसम्मत हुन नसके स्थानीय स्तरमा छाप छोडेका व्यक्तिहरुलाई उम्मेदवार बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । तर विगतमा पार्टी नेतृत्वले निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउँदा आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको उहाँले भनाई थियो । 

नेता सिंहले भन्नुभयो, ‘वैशाख ३० गते स्थानीय निर्वाचनको डेट फिक्स भइसकेको छ । अहिले नेपाली काँग्रेस पार्टीको संगठन नै देशव्यापी रुपमा ६ हजार ७४३ वटा वडा समितिदेखि लिएर ७५३ वटा पालिकाहरुमा फोकसिङ गरेर राष्ट्रिय अभियान शुरु भइसकेको छ । ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने अभियान शुरु भइसकेको छ । यसमा पार्टीका सबै नेता कार्यकर्ताले यस पटक आउने स्थानीय निर्वाचन संघीयतालाई कार्यान्वयनमा लैजानको लागि र संघीय, प्रान्तीय सरकार र स्थानीय सरकारको महत्व हो जनतासमक्ष पु¥याउनको लागि यो महत्वपूर्ण निर्वाचन हुन गइरहेको कारणले गर्दा यसमा काँग्रेसले उम्मेदवार सेलेक्शन गर्दा पार्टीको विधान, नियमावलीको बाटो देखाएको छ । वडा वडाबाट, टोलटोलबाट वडालाई उम्मेदवार छान्दा काँग्रेसी सबैले विधानले भनेका कुराहरुलाई पालना सबैले गर्नुपर्छ । सिफारिस गर्दा एक महिलासहित ३ जना सम्भावित उम्मेदवारहरुलाई  सिफारिस गर्नुपर्छ भन्छ वडा लेभलदेखि लिएर । काँग्रेसमा देखा परेको कस्तो हो भने कोही सबैको प्रियपात्र हुन खोज्ने, विधि विधानअनुसार पालना नगराउने, भन्ने तीन जनाको सिफारिस १५÷२० जना पठाएपछि कहाँबाट राम्रोसँग हुन्छ । त्यसकारण पार्टीको विधानले जे भनेको छ, सिफारिस गर्ने कमिटीले १ महिलासहित तीन, सर्वसम्मत भए सर्वसम्मतबाट नभए तीन जनाको नाम सिफारिस गर्ने, समितिहरु, इकाईहरु त्यसमा केन्द्रित भयो भने राम्रो हुन्छ । अर्को कुरा उम्मेदवार हुनको लागि पहिला संगठनमा काम गरेको हुनुपर्छ । वर्कसहरुले चिनेको हुनुपर्छ।  चुनावमा जाँदा पनि पब्लिकसँग जुन वडामा उठ्ने हो त्यो वडामा भिजेको मान्छे त हुनुप¥यो नि । यो खालि विधि प्रक्रिया पूरा गरेर पब्लिकले नचिनेको मान्छे परेमा गाह्रो हुन्छ पार्टीलाई ।’ 

मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँग आफ्नै निवास चाक्सीबारीमा भएको भेटमा नेता सिंहले हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताउनु भयो । 

Categorized in राजनीति