प्रेमध्वज प्रधान कभर प्रतियोगीताका अन्तिम १२ को नाम घोषणा
SamacharDesk – बिराज | २०७८ जेठ १९, बुधबार

कला स्टार अनलाइन प्रतिभा प्रतियोगीताका अन्तिम १२ प्रतिस्पर्धीको नाम घोषणा भएको छ ।
गोल्डन भ्वाइस प्रेमध्वज प्रधानलाई श्रद्धान्जली स्वरुप आयोजना गरिएको प्रतियोगीताको दोश्रो चरणमा छनौट भएका टप ३० का बीचबाट टप १२ को छनौट गर्दै नाम घोषणा गरिएको हो ।
अब टप १२ प्रतियोगीबीचको अन्तिम प्रतिस्पर्धाबाट विजेताको छनौट गरिने प्रतियोगीताका संयोजक शान्तबहादुर शाक्यले जानकारी दिनुभयो । परिस्थिती अनुकल भएमा आउँदो असार ५ गते अन्तिम प्रतियोगीताको कार्यक्रम आयोजना गरिने संयोजक शाक्यले बताउनुभयो ।
‘अहिले पनि संक्रमणको जोखिम उच्च छ, ५ गतेसम्ममा परिस्थिती अनुकुल भए फाइनल प्रतिस्पर्धा कार्यक्रम गरिएला, नभए केही समयपछि मात्रै गरिनेछ’ संयोजक शाक्यले जानकारी गराउनुभयो ।
अन्तिम १२ का लागि प्रतियोगी ललेन्द्र शाक्य, मचाराजा महर्जन, सुरज मानन्धर, रितु सिबा, सुरेश मानन्धर, मैयाँ मुनिकार महर्जन छनौट भएका छन् । त्यस्तै छायाँ पिया, रवि कुमार महर्जन, प्रकाश हमाल, सुरेन्द्र खड्गी, शुद्धलक्ष्मी श्रेष्ठ र सुरज मानन्धर पनि टप १२ मा परेका छन् ।
त्यसैगरी प्रतियोगीतमा अन्य विभिन्न सम्मान र पुरस्कार पनि प्रदान गरिने भएको छ ।
प्रतियोगीतामा भाग लिने पहिलो ३ जना प्रतियोगी रविन्द्र श्रेष्ठ, सिद्धार्थ बज्राचार्य र सुमन बज्राचार्यलाई पनि पुरस्कृत गरिने भएको छ ।
त्यस्तै युट्युबमा सबैभन्दा बढि भ्यूज पाउने ३ प्रतियोगी मीनर्वा शाक्य, पवित्र कुमार महर्जन र श्रृजना बज्राचार्यलाई पनि भ्यूजका आधारमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
विदेशबाट सहभागीता जनाउने प्रतियोगीहरुमा बैंगलोरबाट पुनम अमात्य, अष्ट्रेलियाबाट हरिओम र बेलायतबाट राजेश मानन्धरलाई पुरस्कार दिइने भएको छ ।
त्यसैगरी यो भन्दा अघि भएको बुद्ध भजन प्रतियोगीतामा सहभागी भई पुरस्कृत भइसकेका प्रतियोगीहरु कल्पना श्रेष्ठ, रेशम थापा, राजु शाक्य र सुमन शाक्यलाई विशेष सम्मानबाट सम्मानित गरिने भएको छ ।
स्वर्गीय गायक प्रेमध्वज प्रधानको गीत कभर प्रतियोगीतामा जम्मा ८२ जनाले सहभागीता जनाएका थिए भने दोश्रो चरणमा ८२ जनाबाट टप ३० छनौट गरिएको थियो । टप ३० बाट अन्तिम १२ जनाको छनौट भएको हो ।
Categorized in पेजथ्री