arin enterprises

तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन जारी

SamacharDesk | २०७९ फाल्गुण २५, बिहिबार

संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि तेस्रो राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ ।

मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । तेस्रो राष्ट्रपति चयनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा एमालेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा भइरहेको छ । नो दलको समर्थन प्राप्त कांग्रेस उम्मेदवार पौडेलले आज विहान पहिलो मतदान गर्नुभएको छ ।

त्यस्तै अर्का उम्मेदवार सभामुख सुबासचन्द्र नेम्वाङले पनि मतदान गर्नुभएको छ । राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुले मतदान गरिरहेका छन् ।

उनीहरुलाई छुट्टा छुट्टै स्थानमा मतदानको ब्यवस्था मिलाइएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुलाई रातो र प्रदेश सभाका सांसदहरुलाई हरियो रंगको मतपत्र बनाएको छ ।

मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदान स्थलमा दुवै उम्मेदवारहरु मत माग्न ब्यस्त देखिनु भएको छ ।

संघीय सांसदहरुको मतभार ७९ र प्रदेश सांसदको ४८ रहेको छ । सबै सांसदहरुको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ ।

त्यस मध्ये बहुमत अर्थात २६ हजार ३९४ मत ल्याउने उम्मेदवार निर्वाचित हुने छन् । मतदान सकिएलगत्तै संसद भवनको हलमा मत गणना शुरु गर्ने तयारीमा निर्वाचन आयोग रहेको छ । मत परिणाम पनि आजै साँझ ७ बजेसम्ममा आउने निर्वाचन आयोगले जनाएको छ ।

नेपालमा संघीय गणतन्त्र स्थापना भएपछि २०६५ साल साउन ८ गते डा रामवरण यादव पहिलो राष्ट्रपति चुनिनु भएको थियो भने २०७२ कात्तिक ११ गते विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बन्नुभएको थियो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082