प्रधानाध्यापक घुससहित रगेहात पक्राउ
SamacharDesk | २०७८ चैत्र ३०, बुधबार

रौटहटको एक माध्यमिक विद्यालयका प्रधानाध्यापक तीन लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको छ ।
रौतहटको बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित दुई जना घुस रकम सहित अख्तियारले रंगेहात पक्राउ गरेका हुन् ।
अख्तियारले विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र अर्का नरेन्द्र कुमार झालाई तीन लाख रुपैया घुस सहित पक्राउ गरेको हो । करार शिक्षकको सेबा अबधि थप गर्न घुस रकम लिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबै जनालाई अख्तियारको केन्द्रीय कार्यालय टँगालमा ल्याई थप अनुसन्धान गरिंदै छ ।
Categorized in अपराध