४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस
SamacharDesk | २०८१ भाद्र २०, बिहिबार

संविधान दिवसमा रिहा हुनेगरी ४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस गरिएको छ ।
विभिन्न कसुरमा कैदमा रहेका कैदीबन्दीको कैद कट्टाका लागि सार्वजनिक सूचना आह्वान गरिएको छ । कारागार व्यवस्थापन विभागले एक सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित ७ दिने सूचना निकालेको हो ।
कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो तथा उजुरी भए ७ दिनभित्र दिन विभागले सूचना जारी गरेको छ ।
यसअघि गणतन्त्र दिवसको अवसरमा कैदकट्टा गर्न सिफारिस भएकाहरूको पनि निर्णय भएको छैन । जेठ १५ मा ६०१ जनालाई कैदकट्टा गर्न विभागले सिफारिस गरेको थियो ।
सिफारिस भएका कुल १ हजार ९३ जनाबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसबारे निर्णय भएपछि उनीहरू रिहा हुन्छन् ।
जसमा ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक २ जना, मुलुकी फौजदारी अपराध संहिता कार्यान्वयन हुनभन्दा पहिला भएका घटनामा संलग्नहरु ७१ जना गरी ४९२ जनाको नाम रहेको छ ।
जन्मकैद पाएका र लागु औषध मुद्दामा जेल परेकाहरूले कैद छुट पाउँदैनन् ।
Categorized in राष्ट्रिय