निजी विद्यालय संचालकहरुको आन्दोलन स्थगित
SamacharDesk | २०८० श्रावण २६, शुक्रबार

शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको चरणबद्ध आन्दोलन स्थगित भएको छ ।
आन्दोलन स्थगितसँगै आइतबारदेखि विद्यालयमा नियमितझै पठनपाठन हुने भएको छ । विधेयक संशोधन गर्न सरकार सकारात्मक भएको भन्दै निजी विद्यालय सञ्चालक आन्दोलन स्थगित गरेका हुन् ।
शुक्रबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा मन्त्री आशोक राई, मुख्य सचीव बैकुण्ठ अर्याल, कानून, न्याय तथा संसदीय सचिव कमलशाली घिमिरे लगायतको बैठकले शैक्षिक गतिसपसभ सञ्चालज गर्ने निर्णय गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले जानकारी दिए।
निजी विद्यालयमा शिक्षा विधेयक ल्याइएको भन्दै सञ्चालकहरू आन्दोलित भएका थिए । बुधबार प्याब्सन, हिसान र नेसनल प्याब्सनले पत्रकार सम्मेलन गरेर चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो । शिक्षा विधेयक नसच्याए आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका थिए ।
उनीहरुले शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने नियत राखिएको टिप्पणी गरिएको थियो ।
Categorized in राष्ट्रिय