arin enterprises

दीर्घकालीन ल्याण्डफिल साइट निर्माण सम्पन्न नहुँदा फोहोर व्यवस्थापनमा समस्या

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ भाद्र ३, बिहिबार

काठमाडौं महानगरको फोहोर संकलन र व्यवस्थापनमा समस्या देखिएको छ ।

अहिले ओखरपौवा ल्याण्डफिल साइटमा ५० देखि ६० वटा फोहोर बोक्ने सवारी साधन पुग्ने गरेका छन् । महानगरको वातावरण व्यवस्थापन विभागकाअनुसार सामान्य अवस्थामा फोहोर बोकेका १५० वटासम्म सवारी दैनिक साइटमा पुग्ने गरेका थिए ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले बञ्चरे डाँडाको दीर्घकालीन ल्याण्डफिलको पूर्वाधार निर्माण गरेर महानगरलाई हस्तान्तरण भएको भए अहिलेको समस्या नआउने दावी गर्नुभयो ।

‘अहिले उपत्यकासहित ल्याण्डफिल साइटमा फोहोर पुर्‍याउनुपर्ने सबै सहरमा कम फोहोर उठेको छ तर, यसको दोष र दायित्वचाहिँ महानगर एक्लैले व्यहोर्नु परेको छ । समस्या समाधानका लागि प्रदेश र संघ सरकारको समान सहयोग चाहिएको छ’ शाक्यले भन्नुभयाे ।

वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठले बर्खायाममा फोहोर व्यवस्थापन हुने ठाउँमा पुग्न फोहोरमै बनाइएको बाटोबाट जानुपर्दा गाडी उक्लिन नसकेको र यसै कारण कम सवारी गएको बताउनुभयो ।

Categorized in स्थानीय