प्रतिबन्धित औषधि बरामद
SamacharDesk – बिकाश | २०७७ भाद्र २३, मंगलबार

बाराको बिश्रामपुर गाउँपालिका १ खेखरिया टोलबाट करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न प्रतिबन्धित औषधिहरु सोमबार राति प्रहरीले बरामद गरेको छ ।
भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई उक्त प्रतिवन्धित औषधीहरु सोही ठाउँ बस्ने धर्मेन्द्र कुशवाहको घरमा लुकाई छिपाई राखिएको थियो ।
औषधी लुकाई छिपाई राखिएको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी छतवबाट खटिएको प्रहरी टोलीले उक्त औषधि बरामद गरेको हो ।
औषधी ल्याउने व्यक्ति हाल फरार रहेको बताइएको छ ।
फरार व्यक्तिको खोजी गर्नुका साथै थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध