arin enterprises

प्रभु लाइफइन्स्योरेन्स लि.को चौथो वार्षिक साधारण सभा सम्पन्न

SamacharDesk – Aakash Rajopadhyaya | २०७८ चैत्र ७, सोमबार

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा हिजो एक कार्यक्रबीच सम्पन्न भएको छ । अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भयो । मिति २०७४ सालदेखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको छ ।

साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ ।

साथै कम्पनीको नियमावली अनुसार समूह“ख”का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

Categorized in बिजनेस