arin enterprises

४ खेल अघि नै पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख ११, आइतबार

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै पीएसजीले ४ खेल अघि नै उपाधि जितेको हो ।

बराबरीमा रोकिएपनि पीएसजीलाई उपाधि जित्न १ अंक पर्याप्त बन्यो । घरेलु मैदानमा खेलको ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।

६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, कोरेन्टिन जिनले ८८ औं मिनेटमा गोल गर्दै लेन्सलाई १–१ गोलको बराबरीमा फर्काए ।

यो सहित पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

शीर्ष स्थानको पीएसजीले ३४ खेलमा ७८ अंक जोडेको छ । लेन्स ५४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स