arin enterprises

२ थान भरुवा बन्दुकसहित राई पक्राउ

SamacharDesk – बिकाश | २०७७ आश्विन २३, शुक्रबार

खोटाङको हलेसीमा २ थना भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हलेसी तुवाचुङ सल्लेनी बस्ने मेघराज राईलाई आज विहान प्रहरीले २ थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

घरमा भरुवा बन्दुक अबैध रुपमा राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले राईको घरमा तलासी गर्दा उक्त हतियार फेला पारेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Categorized in अपराध