पाकिस्तानमा रेल दुर्घटनामा परी मर्नेको संख्या ३० पुग्यो
SamacharDesk | २०८० श्रावण २२, सोमबार

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।
हिजो हजारा एक्सप्रेसका रेल पटरीबाट खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्, धेरै डिब्बाहरू सबैभन्दा ठूलो सहर कराँचीबाट करिब २७५ किलोमिटर ९१७१ माइल० टाढा नवाबशाहको सहारा रेलवे स्टेशन नजिकै पल्टिएका छन् ।
पाकिस्तानका रेल मन्त्री साद रफिकका अनुसार ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको रेलका ८ वटा डिब्बा लिकबाट बाहिर गइ दुर्घटना भएको हो ।
पाकिस्तानमा बर्षेनी हुने रेल दुर्घटनामा सयौंको ज्यान जाने गरेको छ । घाइते यात्रुहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।
उद्धार टोलीले भग्नावशेषबाट मानिसलाई निकाल्ने प्रयास गरिरहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय