राप्रपा पार्टी कार्यालयमा डोजर
SamacharDesk | २०८० श्रावण १५, सोमबार

काठमाडौं महानगरपालिकाले राप्रपाको पार्टी कार्यालयमा डोजर लगाउन खोज्दा तनाव सिर्जना भएको छ ।
राप्रपाका कार्यकर्ताहरु आक्रोशित हुँदै सडकमै गाडी तेर्स्याएर अवरोध सिर्जना गरेपछि पार्टी कार्यालय धुम्बाराही क्षेत्र तनाबपूर्ण बनेको हो ।
बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबार समय दिएको थियो। तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको हो ।
महानगरले खाली गराउन दिएको समयसीमा घर्किनै लाग्दा धुम्बराहीस्थिति पार्टी कार्यालय परिसर पुगेका राप्रपा कार्यकर्ताले सडक नै अवरुद्ध पारेका छन् ।
तीन दिनअघि काठमाडौं महानगरबाट गएको नगर प्रहरीले भवन खाली गराउन माइकिङ गरेको थियो ।
Categorized in स्थानीय