रसुवा बाढी अपडेटः १ हजार ३९६ जनाको शव फेला
SamacharDesk – बिराज | २०८३ भाद्र २९, सोमबार
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गएका १ हजार ३९६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार राति २०ः०० बजे सम्मको अद्यावधिक जानकारी अनुसार बाढिका कारण विभिन्न स्थानमा शव भेटिनेको संख्या एक हजार ३९६ पुगेको हो ।
यो संख्यामध्ये चितवनमा ३६४ जना रहेको छ भने नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना रहेको छ । नुवाकोटमा २ सय २ जना, रसुवामा १८९ जना, गोरखामा ७८ जना, धादिङमा ७१ जना र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरीएको छ ।
हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८६१ गरी कुल ३ हजार १४७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।
साथै पहिचान नभएको १ हजार ३५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७८१ जना व्यक्तिहरूलाई राखिएको छ ।
Categorized in राष्ट्रिय




