arin enterprises

रसुवा बाढि अपडेटः मृत्यु हुनेको संख्या एक हजार ४०३

SamacharDesk – बिराज | २०८३ भाद्र ३०, मंगलबार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान जानेको संख्या एक हजार ४०३ पुगेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको मंगलबार राति ८ः०० बजेसम्मको अद्यावधिक जानकारी अनुसार हालसम्म रसुवा बाढिका कारण ज्यान जाने एक हजार ४०३ जनाको शव फेला परेको छ ।

अहिलेसम्ममा चितवनमा ३ सय ६४ वटा, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ वटा शव फेला परेका छन् । त्यस्तै नुवाकोटमा २०२ वटा, रसुवामा १९३ वटा, धादिङमा ७२ र तनहुँमा ३८ वटा गरी १ हजार ४०१ जनाको शव फेला परेको हो ।

दुई जनाको भने काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

हालसम्म १ हजार २३५ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ गरी कुल ३ हजार १९० वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

साथै पहिचान नभएको १ हजार ३६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ भने विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ४४० जना व्यक्तिहरूलाई राखिएको छ ।

Categorized in राष्ट्रिय