arin enterprises

रसुवाबाढी अपडेटः १ हजार ४१० जनाको शव फेला

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ आश्विन १, बिहिबार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको बिहीबार राति ८ः०० बजेसम्मको अद्यावधिक जानकारी अनुसार हालसम्म एक हजार ४१० जनाको शव फेला परेको छ ।

तीमध्ये चितवनमा ३६४ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी प‍श्चिममा २२२ जनाको शव फेला परेको छ । त्यस्तै नुवाकोटमा २०३ वटा, रसुवामा १९९ वटा, गोरखामा ७८ वटा, धादिङमा ७२ वटा र तनहुँमा ३८ वटाको शव फेला परेको हो ।

दुई जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

हालसम्ममा १ हजार २ ४६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९१ गरी कुल ३ हजार २७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

साथै पहिचान नभएको १ हजार ३६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

हालसम्म ४ हजार ९० जना बेपत्ता रहेका छन् भने बेपत्ताको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ३ जना व्यक्तिहरूलाई राखिएको छ । 

Categorized in राष्ट्रिय