क्यानाडा र साउदी अरबको कूटनीतिक सम्बन्ध पुनः स्थापना
SamacharDesk | २०८० जेठ ११, बिहिबार

क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्दै कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका हुन् ।
बुधबार देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले एक विज्ञप्ति जारी गर्दै राजदुत नियुक्त गरेको जनाएको छ ।
यस्तै क्यानाडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानाडाको विदेश मन्त्रालयले जानकारी दिएको हो ।
साउदी अरबको विदेश मन्त्रालयल यो कदम पारस्परिक सम्मान र साझा हितमा आधारित रहेको जनाएको छ ।
सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानाडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबीचको विवाद बढेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय