रियल बेटिसले जित्य कोपा डेल रेको उपाधि
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख ११, आइतबार

स्पेनिस कोपा डेल रेको उपाधि रियल बेटिसले जितेको छ ।
शनिबार राति भएको फाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै बेटिसले उपाधि जितेको हो ।
सेभियामा भएको फाइनल खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा बेटिसको लागि हुआन मिरांडा,क्रिस्टीअन टेलो,आंद्रेस ग्वार्दादो ,जोआक्विन र विलियन होसेले गोल गरे ।
यस्तै र भ्यालेन्सियाका जोसे गया, गोन्कालो ग्वेडेस, उरोश रसिच, कार्लोस सोलले गोल गर्दा युनुस मुसाले गोल गर्न सकेनन् ।
त्यसअघि खेलको ११ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाए । ३० औं मिनेटमा भ्यालेन्सियालाई ह्युगो डुरोले गोल गर्दै खेल १–१ गोलको बराबरीमा फर्काएका थिए ।
यो सहित बेटिसले चार पटक कोपा डेल रे को उपाधि जितेको हो । पछिल्लो पटक बेटिसले २००५ मा उपाधि जितेको थियो ।
Categorized in स्पाेर्ट्स