arin enterprises

बेलिंघम चम्कन्दा रियलको पुनरागमन जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ३, आइतबार

स्पेनिस ला लिगा रियल म्याड्रिडले पुनरागमन जित निकालेको गरेको छ ।

शनिबार राती भएको खेलमा रियलले अल्मेरिया लाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जिताउन जुड बेलिंघमले दुई गोल गरे भने भिनिसियस जुनिअरले एक गोल थपे । यता अल्मेरियाका लागि सर्जियो आरिबासले एक गोल गरे ।

खेलको सुरुआती अग्रता भने अल्मेरियाले लियो । खेल सुरु भएको तेस्रो मिनेटमै गोल गर्दै आरिबासले आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

बेलिंघमले १९औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । ६०औ मिनेटमा बेलिंघमको व्यक्तिगत तथा टोलीको लागि दोस्रो गोलसँगै रियले २–१को अग्रता लिए ।

त्यसपछि खेलको ७३औं मिनेटमा भिनिसियसले गोल गरेपछि रियलले पुनरागमन जित हासिल गर्यो ।

यस सिजनमा रियलको लगातार दोस्रो जित हो भने अल्मेरियाको लगातार दोस्रो हार हो ।

योसँगै रियलले दुई खेलमा ६ अंक जोडेको छ ।

Categorized in स्पाेर्ट्स