रियलले नापोलीलाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १७, बुधबार

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटाली क्लब नापोलीलाई हराएको छ ।
मंगलबार भएको खेलमा रियलले नापोलीमाथि ३–२ को जित दर्ता गरेको हो । घरेलु टोलीलाई हराउन रियलका जुड बेलिङघमले उत्कृष्ट प्रदर्शन गरे ।
लियो ओस्टिगार्डले खेलको १९ औं मिनेटमा नोपालीलाई अग्रता दिलाएका थिए । भिनिसियस जुनियरले २७ औं मिनेटमा गोल गर्दै पाहुना टोली खेलमा फर्किएका थियो ।
भिनिसियसले बेलिङघमको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । त्यसको सात मिनेटमा बेलिङघमले गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएको थियो ।
दोस्रो हाफको ५४ औं मिनेटमा पियोत्र जिलिस्कीले पेनाल्टीमा गोल गर्दै नापोलीलाई खेलमा फर्काए ।
खेल सकिन १२ मिनेट अघि रियलका एलेक्स मेरेतले रियलको पोस्टमा गोलगर्दै बशअरियललाई समूह सीको शीर्ष स्थानमा पुर्याए ।
भाल्भर्डेले डिबक्स बाहिरबाट गरेको कडा प्रहार पोस्टमा लागेर गोलकिपर एलेक्स मेरेटसँग ठोक्किएर गोल भएको थियो ।
समूह सीमा रियलले २ खेलबाट ६ अंक जोडेको छ ।
नापोली र स्पोर्टिङ ब्रागा समान ३ अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् ।
Categorized in स्पाेर्ट्स