ला लिगामा रियलको सुखद सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २८, आइतबार

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सुखद सुरुवात गरेको छ ।
गएराति देखि सुरु भएको स्पेनिस ला लिगाको नयाँ सिजन २०२३/०२४ स्पेनिस ला लिगामा रियलले सुखद सुरुआत गरेको हो ।
सिजनको पहिलो खेलमा रियलले एथ्लेटिको बिल्वाओलाई २–० पराजित गरे । रियलले दुवै गोल पहिलो हाफमा गरे ।
खेलको २८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए ।
जुड बेलिंघमले ३६ औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । बेलिंघमले ला लिगामा रियलका लागी डेब्यु खेलमै गोल गरेका छन् ।
योसँगै रियलले पहिलो खेलबाट ३ अंक बटुलेको छ ।
Categorized in स्पाेर्ट्स