arin enterprises

रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ११, बिहिबार

रियल म्याड्रिड स्पेनिस ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा  लास पालमासलाई २–० ले हराउँँदै रियल दोस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा रियललाई जिताउन ब्राहिम डियाज र जोसेलुले गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्राहिमले गोल गर्दै रियलले अग्रता लियो ।

दोस्रो हाफको ५४ औं मिेटमा जोसेलुले हेडमार्फत रियलको जित सुनिश्चित गरेका थिए ।

जोसेलुको भिनिसिय जुनियरको स्थानमा मैदान छिरेका थिए । चोटका कारण मैदान बाहिर रहेका भिनिसियस गत अगष्टपछि पहिलो पटक मैदानमा देखिएका थिए ।

पछिल्लो खेलमा एट्लेटिको म्याड्रिडसँग पराजित बनेपछि रियलको यस सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको थियो ।

एट्लेटिकोसँग पराजित भइ शीर्ष स्थानमा उक्लने मौका गुमाएको रियलले जुड बेलिङघम सहित पाँच खेलाडी परिवर्तन गरेको थियो ।

रियल १८ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

लाम पालमास ५ अंक सहित तालिकाको पुछारदेखि चौथोमा छ ।

Categorized in स्पाेर्ट्स