रियल म्याड्रिडको पुनरागमन जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख ५, सोमबार

स्पेनिस ला लिगामा रियल म्याड्रिडले पुनरागमन जित निकालेको छ ।
आइतबार राति सेभियालाई ३–२ ले पराजित गर्दै रियलले पुनरागमन जित निकालेको हो ।
सेभियाको घरेलु मैदानमा भएको खेलको २१औं मिनेटमा राकिटिक र २५ औं मिनेटमा लामेलाले गोल गरेपछि सेभियाले पहिलो हाफमा २–० को अग्रता लियो ।
पहिलो हाफमा २–० ले पछि परेको स्थितिलाई दोस्रो हाफमा रियलले उल्टाएर जित निकाल्यो । रियललाई जित दिलाउन ५० औं मिनेटमा रोद्रिगोले पहिलो गोल गरे । ८२ औं मिनेटमा नाचोले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याउन सफल भए ।
दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा करिम बेन्जेमाले गोल गरेपछि रियलले ३–२ को पुनरागमन जित हात पार्न सफल भयो ।
यो जितसँगै रियलले अंक तालिकामा १५ अंकको अग्रता लिएको छ । उसले ३२ खेलबाट ७५ अंक जोडेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको बार्सिलोनाको ६० अंक छ ।
तेस्रो स्थानको सेभियाको ३२ खेबलाट ६० अंक नै छ ।
Categorized in स्पाेर्ट्स