arin enterprises

एसी मिलानमाथि रियल म्याड्रिडको पुनरागमन जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ८, सोमबार

मैत्रीपूर्ण खेलमा स्पेनीस क्लब रियल म्याड्रिडले पुनरागमन जित हासिल गरेको छ ।

सोमबार भएको खेलमा रियलले  इटाली क्लब एसी मिलानमाथि ३–२ को पुनरागमन जित हासिल गरेको हो ।

लस एन्जल्समा भएको खेलको २५ औं मिनेटमा फकायो तोमोरीले मिलानलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल सकिन तीन मिनेट अघि लुका रोमिरोले मिलानको अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा रियलले २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जित हासिल गरे ।

रियलको लागि फेडरिको भाल्भर्डेले ५७ औं र ५९ औं मिनेटमा गरी लगातार दुई गोल गर्दै खेललाई बराबरीमा अवस्थामा ल्याएका थिए ।

खेल सकिन ६ मिनेट अघि भिनिसियस जुनियरले गोल गर्दै रियललाई पुनरागमन जित दिलाए । 

Categorized in स्पाेर्ट्स