arin enterprises

लालिगामा रियल म्याड्रिडलाई १० अंकको अग्रता

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र १, मंगलबार

 रियल म्याड्रिडले स्पेनिस ला लिगा शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ ।

सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई ३–० गोलले हराउँदै १० अंकको अग्रता लिएको ।

रियललाई जित दिलाउने क्रममा खेलको ५५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

७७ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

त्यसपछि ८२ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० को जित दिलाए ।

यो जितसँगै रियलले २८ खेलमा ६६ अंक जोडेको छ । मालोर्का २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

दोस्रो स्थानको सेभिल्लाले २८ खेलमा ५६ अंक जोड्डा एक खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाले ५१ अंक जोडेको छ । 

Categorized in स्पाेर्ट्स