बेन्जेमाको ह्याट्रिकसँगै रियल म्याड्रिड क्वार्टरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २६, बिहिबार

स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
प्रि–क्वाटरफाइनलमा रियलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई समग्रमा ३–२ गोलले हराउँदै क्वार्टरफाइलनमा प्रवेश गरेको हो । पहिलो लेगमा १–० ले पराजित भएको रियल दोस्रो लेगमा ३–१ ले बिजय भएको हो ।
गएराती भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको सुरुवातमा एक गोलले पछि परेको रियललाई करिम बेन्जेमाले ह्याट्रिक गर्दै ३–१ गोलले पुनरागमण जित दिलाए ।
रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलको ३९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।
६१ औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
७६ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दा रियलले २–१ को अग्रता लियो ।
त्यसको दुई मिनेटपछि बेन्जेमाले गोल गरी ह्याट्रिक पूरा गर्दै खेल ३–१ गोलले रियलको पोल्टामा पारे ।
Categorized in स्पाेर्ट्स