बेन्जिमाको दुई गोलमा रियल विजय
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २०, आइतबार

करिम बेन्जिमाको दुई गोलमा रियल म्याड्रिड विजय भएको छ ।
शनिबार राति भएको स्पेनिस लालिगा अन्तर्गतको खेलमा रियलले सेल्टा भिगोलाई २–१ गोल अन्तरले हराएको हो ।
खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाइ अग्रता दिलाएका थिए । नोलिटोले ५२ औं मिनेटमा गोल गर्दै सेल्टालाई १–१ गोलको बराबरीमा ल्याए ।
७० औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को जित दिलाए । त्यसअघि ४० औं मिनेटमा सेल्टाका गाल्हार्डोले गरेको गोललाई मान्यता दिएन ।
यस्तै ६४ औं मिनेटमा पाएको पेनाल्टीमा बेन्जिमाले गोल गर्न असफल भएका थिए । उनले प्रहार गरेको पेनाल्टीलाई सेल्टाका गोलरक्षक माटिआस दितुरोले बचाए ।
यो जितसँगै रियलले ३० खेलमा ६९ अंक जोड्डै अंकतालिकाको शीर्ष स्थानमा छ । सेल्टा ३६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स