रियलले जित्यो लालिगाको उपाधि
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख १८, आइतबार

रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगा उपाधि जितेको छ । गएरातिको खेलमा स्पान्योलमाथि ४–० को जित निकाल्दै रियलले चार खेल बाँकी छँदै उपाधि जितेको हो ।
घरेलु मैदानमा खेलको ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई १–० गोलले अगाडि बदाए । ४३ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलिको अग्रता दोब्बर पारे ।
५५ औं मिनेटमा मार्काे एसेन्सियोले गोल गर्दै रियललाई ३–० को अग्रता बनाए । करिम बेन्जेमाले ८१ औं मिनेटमा गोल गर्दै रियललाई फराकिलो जित दिलाए ।
रियल म्याड्रिड लालिगामा सबैभन्दा धेरै उपाधि जित्ने टोली हो यो उसको ३५औं उपाधि हो । पछिल्लोपटक रियलले २०१९–२० को सिजनमा उपाधि जितेको थियो ।
रियलले दोस्रो स्थानमा रहेको सेभियालाई १७ अंकले तथा एक खेल कम खेलेको बार्सिलोनालाई १८ अंकले पछि पारेको छ ।
उपाधि विजेता रियलले ३४ खेलबाट ८१ अंक जोडेको छ । पराजित स्पान्योल ३९ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स