चेल्सीलाई हराउँदै रियल म्याड्रिड सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ३०, बुधबार

साविक विजेता चेल्सीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा चेल्सीसँग ३–२ ले पराजित भए पनि समग्रमा ५–४ को जित निकाल्दै रियल अन्तिम सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा रियलले चेल्सीलाई ३–१ ले हराएको थियो ।
गयराति भएको रियको घरेलु मैदानमा भएको खेलको १५ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले अघि रहेको चेल्सीको लागि एन्टोनियो रूडिगरले ५१ औं मिनेटमा अग्रता दोब्बर बनायो ।यो सँगै चेल्सीले समग्रमा खेल ३–३ गोलको बराबरीमा ल्यायो ।
७५ औं मिनेटमा टिमो वार्नरले गोल गर्दै चेल्सीलाई समग्रमा अग्रता दिलाए ।
समग्रमा ४–३ले पछि परेको अवस्थाबाट रोड्रिगोले ८० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काए ।यो गोलसँगै खेल ४–४ गोलको बराबरीमा सकिन्दा खेल अतरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयको ९६ औं मिनेटमा करिम बेन्जेमाले निर्णायक गोल गर्दै टोलीलाई समग्रमा ४–५को अग्रता दिलाए । उनले भिनिसियस जुनियरले दिएको पासमा उनले हेडमार्फत गोल गरेको थियो ।
Categorized in स्पाेर्ट्स