टेलिकम डेटा शुल्क घटाउँदै
SamacharDesk | २०७८ चैत्र ६, आइतबार

नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिनु भएको हो ।
उहाँले ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको स्पष्ट पार्नु भयो । तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उहाँको भनाई थियो । नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताउनु भयो । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उहाँले त्यसलाई महंगो भन्न नमिल्ने तर्क गर्नु भयो ।
नायव प्रबन्ध निर्देशक पहाडीले भन्नु भयो, ‘यो वायरलेस डेटाको कष्ट चाँही १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ । यो कोभिडको कारणले गर्दाखेरी पनि गभरमेन्टबाट नै यसको रेट घटाउन निर्देशन दिइएको थियो । त्यसकारण पनि यो डेटाको कष्ट धेरै घटाएका छौं । यता, ब्यान्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको हो । सरोकारवालाहरुले सुझाव दिए यसमा पनि विचार गर्न सकिन्छ ।’
नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घटने वित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ ।
Categorized in बिजनेस