arin enterprises

इन्स्टाग्राममा अब रिल्स डाउनलोड गर्न मिल्ने

SamacharDesk | २०८० आषाढ ८, शुक्रबार

इन्स्टाग्राममा अब रिल्स डाउनलोड गर्न सकिने भएको छ । यसले इन्स्टाग्राम रिल्समा थप प्रयोगकर्ता आकर्षित गर्ने अनुमान गरिएको छ ।

टिकटकको प्रतिस्पर्धीको रुपमा रहेको इन्स्टाग्राम रिल्समा यसअघि भिडिओ डाउनलोड गर्ने फिचर थिएन । तर अब भने कम्पनीले यो सुविधा पनि थप गरेको छ ।

रिल्सको शेयर आइकनभित्र डाउनलोड बटन थप गरिएको छ । यसरी डाउनलोड गरिएको भिडिओमा इन्स्टाग्रामको वाटरमार्क र अकाउन्टको नाम भने हुनेछ ।

यो फिचर पब्लिक अकाउन्ट भएका प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउनेछन् । साथै पब्लिक अकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो भिडिओ अन्य व्यक्तिले डाउनलोड गर्न नपाउने गरी ब्लक पनि गर्न सक्नेछन् ।

हाललाई यो फिचर अमेरिकी प्रयोगकर्ताका लागि उपलब्ध छ भने अन्य देशमा भने विस्तारै फिचर उपलब्ध गराउने कम्पनीको योजना छ ।

Categorized in विज्ञान-प्रविधी