arin enterprises

रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी

SamacharDesk | २०८० जेठ १४, आइतबार

राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि टीकापुर घटनामा दोषी ठहर गरेका पूर्व सांसद एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

उनीहरुलाई सोमबार हुने गणतन्त्र दिवसका अवसरमा बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको सूचना तथा संचार मन्त्री रेखा शर्माले बताएका छन् ।

धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

सोही धारा अनुरुप राष्ट्रपति पौडेलले आममाफी दिएको हो ।

Categorized in राष्ट्रिय