arin enterprises

रिडी हाइड्रोपावरको एकीकृत कारोबार

SamacharDesk | २०७९ श्रावण ३०, सोमबार

रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई आईतवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार शुरु गरेको हो ।

एकीकृत कारोबार कार्यक्रमा बोल्दै विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनैपनि अवस्थामा उचाईमा पुर्याउने बताउनु भयो ।

उहाँले जलविद्युतको विकास गरी उचाईमा पुर्याउन निजी क्षेत्र अगाडि रहेको बताउनु भयो । अध्यक्ष सिंहले देशमा भएको जलविद्युतको स्रोतलाई प्रयोग गरे मात्रै नेपालको श्रीवृद्धि हुने बताउनु भयो ।

उहाँले विद्युत नियमन आयोगलाई जलविद्युत कम्पनीहरुलाई कर छुट दिने अधिकार नभएको बताउनु भयो । अध्यक्ष सिंहले विद्युत नियमन आयोगले विद्युत निर्माणमा सहुलियत प्रदान गर्ने कुरामा सहयोग गर्नसक्ने बताउनु भयो ।

अध्यक्ष सिंहले कुनै स्वार्थमा नलागि काम गर्ने हो भने जलविद्युत क्षेत्रको विकास गर्न सकिने बताउनु भयो । उहाँले दुई वटा विद्युत कम्पनी मिलेर ठूलो आयोजनाहरु बनाउनसक्ने बताउनु भयो ।

Categorized in बिजनेस