arin enterprises

रिजवानको शानदार प्रदर्शनमा पाकिस्तानको दोस्रो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २४, बुधबार

आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ । श्रीलंकालाई हराउँदै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको होे ।

मंगलबार भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको हरायो । हैदरावादमा भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३ सय ४५ रनको लक्ष्य पाकिस्तानले १० बल मात्र ४ विकेट गुमाएर पुरा गर्यो । 

पाकिस्तानका लागि मोहमद रिजवान र अब्दुल्ला शफिकले शतकीय पारी खेले । रिजवानले नटआउट १ सय ३१ रनको बनाए । उनले १ सय २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरि यो रन बनाएको थियो ।

शफिकले १ सय ३ बलमा १ सय १३ रन बनाए । उनले १० चौका र ३ छक्का हानेको थियो ।

यस्तै सउद शकिलले ३१, इमाम उल हकले १२ र बाबज आजम १० रनमा आउट भएका थिए । इफ्तिखार अहमद २२ रनमा अविजित रहे ।

श्रीलंकाका दिलशान मदुशंकाले दुई तथा महेश तिक्साना र माथिसा पथिरानाले समान एक एक विकेट लिए ।

टस जितेर सुरुवाती ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतीमा ३ सय ४४ रन बनायो ।  कुशल मेन्डिसले १ सय २२ र सदिरा समरबिक्रमाले १ सय ८ रन सहित शतकीय पारी खेल्दै श्रीलंकाले ठुलो स्कोर खडा गरेको थियो ।

पथुम निसान्काले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । धनन्जय डी सिल्भाले २५, दासुन सनाकाले १२ र डुनिथ वेललेजले १० रन बनाए ।

अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन् ।

पाकिस्तानका हसन अलीले सर्वाधिक ४ विकेट लिए । हरिस राफले २ तथा साहेन साह अफ्रिदी, मोहमद रिजवान र सादब खानले समान एक एक विकेट हात पारे ।

पाकिस्तानले दुई खेलमा जित निकाल्दै चार अंक जोडेको छ । लगातार दोस्रो हार सहित श्रीलंका भने अंक विहीन छ ।

मंगलबारनै भएको पहिलो खेलमा इङ्ल्याण्डले बंगलादेशलाई १ सय ३७ रनले हराउँदै पहिलो जित दर्ता गर्यो ।

इङ्ल्याण्डले प्रस्तुत गरेको ३ सय ६५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ दशमलव २ ओभरमा २ सय २७ रनमा अलआउट भयो ।

बंगलादेशका ओपनर लिटोन दासले ७६ र मुस्फिकुर रहीमले ५१ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन ।

इङल्याण्डका रिस टापले सर्वाधिक ४ विकेट लिएका थिए । क्रिस वोक्सले दुई तथा साम कुरेन, मार्क वुड, आदिल रसीद र लियान लिविन्गस्टोनले समान एक एक विकेट लिएका थिए ।

पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले डेविड मालनको १ सय ४० रनको मदतले सो रन बनाएको थियो ।

जोय रुटले ८२ रन जोडेको इनिङ्समा जोनी ब्रेस्टोले ५२ बनाएका थिए ।

बंगलादेशका महेदी हसनले सर्वाधिक ४ र सोरिफुल इस्लामले ३ विकेट लिएका थिए ।

यो इङ्ल्याण्डको जारी विश्वकपमा पहिलो जित हो ।

यता बंगलादेश भने लगातार दोस्रो खेलमा जित निकाल्न असफल भएको छ ।

Categorized in स्पाेर्ट्स