रोबर्ट लेवान्डोस्कीको नयाँ कीर्तिमान
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ९, आइतबार

च्याम्पियन टिम बायर्न म्युनिख र पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले नयाँ कीर्तिमान बनाएका छन् ।
लेवान्डोस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजनमा सर्वाधिक ४१ गोल गर्दै नयाँ कीर्तिमान बनाएको हो ।
उनले शनिबार लिगको अन्तिम खेलमा अग्स्बर्गविरुद्ध एक गोल गर्दै उनले आफ्नो गोल संख्या ४१ पुरा गरे ।
लेवान्डोस्कीले १९७१/७२ को सिजनमा बायर्नका लेजेण्ड खेलाडी गर्ड मुलरले बनाएको ४० गोलको कीर्तिमान तोडेका छन् ।
३२ वर्षे पोलिस फरवार्ड लेवान्डोस्कीले यस सिजन २९ खेलमा ४१ गोल पूरा गर्दै लगातार चौंथो वर्ष सर्वाधिक गोलकर्ता चुनिएका हुन् । यस्तै उनले समग्रमा छैटौं पटक सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् ।
साथै उनले यस सिजन बायर्नलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका पनि खेलेका छन् ।
Categorized in स्पाेर्ट्स
