arin enterprises

रोनाल्डोले ह्याट्रिकमा नसरको जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण १४, आइतबार

साउदी प्रो लिगमा अल नसरले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा नसरले डामाकलाई ३–० ले हराएको हो ।

अल नसरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । खेलको १८ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

रोनाल्डोले २३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि खेलको ४४ औं मिनेटमा रोनाल्डो गोल गर्दै ह्याट्रिक पूरा गर्दै नसरले ३–० को जित निकाल्यो ।

नसरका लागि रोनाल्डोको दोस्रो यो ह्याट्रिक हो । यो जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ ।

नसरले १८ खेलमा ४३ अंक जोडेको छ । डामाक २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै दोस्रो स्थानको अल इत्तिहादको ४१ अंक छ । 

Categorized in स्पाेर्ट्स