रोयल च्यालेन्जर्स बैंग्लोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएयो
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १८, शनिबार

आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
गयराति भएको खेलमा पञ्जाब किंग्ससँग ३४ रनले पराजित भएपछि बैंलोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो ।
टस हारेर पहिलो ब्याटिंग गरेको पञ्जाबले बैंग्लोरलाई १८० रनको लक्ष्य दियो । लक्ष्य पछ्याएको बैंलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै जम्मा १४५ रन मात्र बटुल्न सक्यो ।
बैंग्लोरका लागि कप्तान कोहलीले सर्वाधिक ३५ रन बनाउँदा रजत पाटीदार र हर्शल पटेलले समान ३१–३१ रन जोडे ।
अन्तिममा हर्सल पटेलले आक्रमक ब्याटिङ गर्दै १३ बलमा २ छक्का र ३ चौकासहित ३१ रन बनाएका थिए । कायले जामिसनले नटआउट १६ रन बनाए ।
यसअघि पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।
पञ्जाबका लागि कप्तान केएल राहुल र क्रिस गेलले पनि आक्रामक पारी खेले । राहुलले ५७ बलमा ५ छक्का ७ चौका प्रहार गर्दै नटआउट ९१ रन बनाए भने गेलले २४ बलमा ६ चौका र दुई छक्कासहित ४६ रनको योगदान दिए ।
हरप्रीत ब्रारले अविजित २५ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा पञ्जाबका लागि हारप्रित ब्रारले सर्वाधिक ३ विकेट लिए । त्यस्तै रवि विश्वनीले २ विकेट लिँदा रिले मेरेडिथ, मोहम्मद शामी र क्रिस जोर्डनले समान १–१ विकेट लिए ।
बैंग्लोरका लागि कायल जेमिसनले २ , डानियल साम्स, युजवेन्द्र चहल र साहबाज अहमदले १–१ विकेट लिए ।
जारी संस्करणमा यो बैंग्लोरको दोस्रो हार हो । बैंग्लोर ७ खेलमा १० अंक जोड्दै तेस्रो स्थानमा भने पञ्जाब समान खेलमा ६ अंकले सातौँ स्थानमा छ ।
Categorized in स्पाेर्ट्स