गोरखा र महोत्तरीमा राप्रपा नेपाल विस्तार
SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण २३, सोमबार

राप्रपा नेपाल विस्तारको क्रममा गोरखा र महोत्तरीमा जिल्ला कार्यसमिति गठन भएको छ ।
राप्रपा नेपाल केन्द्रीय सचिवालयले आज जनाएअनुसार गोरखामा कुलबहादुर बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कार्यसमिति र महोत्तरीमा यानिखर गौतमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला समिति गठन भएको छ ।
जनवर्गीय संगठनहरूमा युवाको नेतृत्वमा कैलाश कटुवाल र विद्यार्थीको नेतृत्वमा कमल बम रजवारलाई चयन गरिएको छ ।
मङ्गलबार महिला संगठन केन्द्रीय समिति घोषणासभा हुने र आगामी २८ गते शनिबार राष्ट्रिय युवा मोर्चाको घोषणा हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जनाएका छन् ।
Categorized in राजनीति