arin enterprises

युक्रेनमा रुसी आक्रमण जारी

SamacharDesk | २०७८ फाल्गुण २८, शनिबार

युक्रेनमाथि रुसी आक्रमणको १७ औँ दिन पनि दुवै पक्षबीच भिड्न्त जारी नै रहेको छ ।

बेलायतको रक्षा मन्त्रालयले रुसी फौज राजधानी किएभको २५ किलोमिटर नजिक पुगेको जनाएको छ । मन्त्रालयका अनुसार उत्तरतिर रहेका रुसी फौज तितर वितर भएका छन् । त्यसलाई शहर घेराबन्दी गर्ने रुसी प्रयास ठानिएको छ । आफ्नोतर्फ निकै क्षति बेहोरेको रुसी फौजले युक्रेनी प्रत्याक्रमण छल्न र क्षति कम गर्न पनि त्यसो गरेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ज नाएका छन् ।

चेर्निहिब, खार्किभ, मारिओपोल र सुमी शहरमा पनि घेराबन्दी गरिएको र व्यापक गोलाबारी गरिएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । स्थानीय समयअनुसार आज विहानै निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर बीबीसी युक्रेनले स्थानीय अधिकारीलाई उल्लेख गर्दै लेखेको छ । राष्ट्रपति जेलेन्स्कीका पूर्व सल्लाहकार स्भियातोस्लाभ युराले किएभ शहरमा रुसी प्रतिरोध गर्ने तयारी भइरहेको बताएका छन् । किएभमा स्वयंसेवीहरूको सुरक्षा दस्तालाई सहयोग गरिरहेका उनले किएभमा रातभर रुसी रकेट प्रहार भएको र बाहिरी क्षेत्रमा युद्ध भइरहेको बताए ।

यदि रुसी फौज शहर भित्र छि¥यो भने ठूलो क्षति बेहोर्न रुस तयार रहनुपर्ने चेतावनी उनले दिए । युराले आफूले बालुवाका बोरा लगायतका सामग्री ल्याउन संयोजन गरिरहेको र आगामी युद्ध प्रभावकारी रूपमा गर्न विभिन्न सेनाका इकाईसँग कुराकानी गरिरहेको बताए । युक्रेनी राजधानीमाथि रुसी अतिक्रमण गतिविधि चुलिइरहेकाले यो शहर चर्चाको शिखरमा छ । यसैबीच युक्रेनले फेरि पनि रुसीहरूले दक्षिणी बन्दरगाह शहर मारिओपोलबाट मानिसहरूको उद्धार रोकेको आरोप लगाएको छ ।

मानिसहरू कठ्याङ्ग्रिँदो चिसोमा बिजुलीबिना थोरै खाना र पानीको सहारामा रहेका बताइएको छ । रुसले मानिसहरूलाई सुरक्षित युद्ध क्षेत्रबाट बाहिरिने निकास मार्ग युक्रेनले अस्वीकार गरेको आरोप लगाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय