arin enterprises

रुसविरुद्ध ‘साइबर युद्ध’

SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण १३, शुक्रबार

युक्रेनविरुद्ध सैन्य कारवाहीमा उत्रेको रुस सरकारविरुद्ध ह्याकरहरूको समूह ‘एनोनिमस’ले ‘साइबर युद्ध’ घोषणा गरेको छ ।

यससँगै उक्त समूहले रुस सरकारको अधीनमा रहेको ‘रसिया टुडे’लगायत रुस सरकारका दर्जनौँ वेबसाइट अवरुद्ध गरेको समेत दावी गरेको छ । रसिया टुडेले आफ्नो वेबसाइट ढिलो भएको जनाएको छ ।

शुक्रबार बिहान ३ः३५ बजे ‘एनोनिमस’ नाममा रहेको ट्वीटर एकाउन्टबाट ‘रुस सरकारविरुद्ध औपचारिक रूपमै साइबर युद्ध’को घोषणा गरिएको छ ।

युक्रेनमा रुस सरकारले गरेको सैन्य कारवाहीको पक्षमा रुस सरकारको मुखपत्रको काम गरेको भन्दै उक्त वेबसाइट ह्याक भएको जनाइएको छ ।

बिहीबार रुस सरकारका विभिन्न निकाय, क्रेमलिन, डुमा, रक्षा मन्त्रालयलगायतका वेबसाइट प्रभावित भएको थियो ।

‘एनोनिमस’ एउटा विकेन्द्रीकृत समूह हो, जसको नेतृत्व वा केन्द्र भन्ने छैन ।

यसअघि उक्त समूहले अमेरिकी सरकार, अमेरिकी जासुसी संस्था सीआईए, इस्लामिक स्टेटलगायत वेबसाइटमाथि साइबर हमला गरेको थियो । 

Categorized in अन्तर्राष्ट्रिय